आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको घुईचो लाग्यो । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ ।
पिहेलो बस्त्र लगाउका श्रदाजुहरु विहानैदेखि यस्था तिर्थस्थलहरुमा लामबद्ध भएका थिए । खासगरि श्रावण महिनाको सोमबार बर्त बस्दा यसका धेरै खालका फाईदा रहेको धार्मिक विश्वाश रहेको छ । जस कारण अधिकाश महिलाहरु सोमबार निरहार वर्त बस्ने गर्दछन् । वर्त बसेका वर्तालुहरुका कारण शिवालयमा घुइचो लागेको हो ।
रुपन्देही जिल्लाको सैनामैनामा रहेको स्वंय ः उत्पत्तीमान पर्रोहा परमेश्वर शिव ज्योलिङ्ग बोलबम धाममा सोमबार विहान ३ बजदेखि नै भक्तजनको घुइचो लागेको थियो । पुर्व पश्चिम राजमार्गको रानबगिया चोकबाट लाईनबद्ध रहेर मन्दिरमा जर्लापण गरिरहेकोे हाम्रा संवाददाताले जानाएका छन् ।
विशेष रुपमा सोमबार र शनिबारको दिनमा धाममा हजारौं भक्तजनको घुइचो लाग्ने गरेको पर्रोहा परमेश्वर शिव ज्योलिङ्ग बोलबम धामका अध्यक्ष रामबलि चौधरीले जानकारी दिनु भयो ।
यस्तै रुपन्देहीका दजृन वढि स्थानमा पनि भक्तजनहरुको घुइृचो लागेको थियो । यता रुपन्देहीको मोक्षधाम सेवा आश्रममा पनि सोमबार भक्तजनको निकै घुइृचो लागेको थियो ।
श्रावणी मेला तथा शिवपुराण ज्ञान महायज्ञ सञ्चालन गरिएकोले पनि भक्तजनको घुइृचो लगेको हो ।
शिव पुराण ज्ञान महायज्ञमा कथा श्रवण गर्न तथा श्रावणी मेलामा शिवलिंगमा जलार्पणगर्नका लागि भक्तजनको घुईंचो लागेको हो । विशेषगरी सोमबार र शनिबार दैनिक सरदर २० हजार दर्शनार्थी जलार्पणतथाकथाश्रवणकालागिआउने गरेको सचिवालयका कृष्ण प्रसाद पाण्डेले जानकारी गराउनु भयो ।












