परिणीति चोप्रा भन्छिन अर्जुन बेस्ट किसर’

प्रकाशित मिति:

एजेन्सी -अभिनेत्री परिणीति चोपडा अहिले ब्याडमिन्टन प्लेयर सायना नेहवालको बायोपिकको तयारीमा व्यस्त छिन् । चाँडै यसको छायांकन सुरु हुँदैछ । उनी आफ्नो तयारीको बारेमा सामाजिक सञ्जालमार्फत् फ्यानलाई जानकारी दिइरहेकी हुन्छिन् । परिणीतिले आफ्नो बेस्ट फ्रेन्ड सानिया मिर्जाबाट स्पोर्ट्सको विषयमा सल्लाह पनि लिइरहेकी छन् ।

दुबै हालै बलिउड अभिनेत्री नेहा धूपियाको एक शोमा गएका थिए, जहाँ परिणीतिले अर्जुन कपूर र सिद्धार्थ मल्होत्रामा बेस्ट किसर बताइन् । शोमा नेहाले परिणीतिसँग सोधिन्, सिद्धार्थ मल्होत्रा र अर्जुन कपूरमा को बेस्ट किसर रुु परिणीतिले दुईसँग सबैभन्दा धेरै फिल्म गरेकी छिन् । उनले अर्जुनलाई बेस्ट किसर बताइन् । परिणीतिले भनिन्, अर्जुन र मेरो एउटा छुट्टै प्रकारको रिलेशनसिप छ । ऊ मलाई जस्तो छु त्यस्तै रहन दिन्छ । अर्जुन र सिद्धार्थमा म अर्जुनलाई उत्कृष्ट किसर भन्छु । आशा छ अर्जुनले यो सुनिरहेको होला । उनले दीपिका पादुकोणभन्दा पहिला आफूलाई शूजीत सरकारको फिल्म पीकूु अफर आएको पनि खुलाइन् ।

तर, उनले यो फिल्म डेट्सका कारण गर्न सकिनन् । शोमा सानियाले परिणीति बलिउडको कुनै एक्टरसँग डेट गरिरहेको पनि खुलासा गरिन् । तर, नाम खुलाउन चाहिनन् । परिणीति चाँडै सिद्धार्थ मल्होत्रासँग फिल्म ुजबरिया जोडीु मा देखिँदैछिन् । उनको अर्जुनसँग अर्को फिल्म सन्दिप और पिंकीु पनि प्रदर्शनमा आउन बाँकी छ ।