मकाउमा जि। पि कोईराला फाउन्डेसनको स्थापना

प्रकाशित मिति:

मकाउ –गिरिजा प्रसाद कोईराला फाउन्डेसनको नया क्लस्टर बिदेशी भुमी मकाउमा स्थापना भएको छ। नेपाल सरकारको पूर्व उपप्रधानमन्त्री एंव नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा गीरीजा प्रसाद कोइराला फाउण्डेशन की केन्द्रीय अध्यक्ष र यस कर्यक्रमको प्रमुख अतिथि माननिय श्री सुजाता कोईरालाले आज मकाउमा नेपाली कांग्रेस निकट नेपालीहरुले आयोजना गरेको एक कार्यक्रमका बिच G.P. Koirala Foundation, Macau को समुद्घाटन गर्नु भएको हो।

G.P Koirala Foundation Asia Pacific का संयोजन सुदर्शन थापा मगरको सभपतित्वमा आयोजित यस कार्यक्रममा, नेपाली जनसम्पर्क समिति मकाउका उपासभापति एंव महासमिति सदस्य चन्डि योङ्ग्य,गैर आवासिय नेपाली संघ मकाउकी अध्यक्ष एंव महादिवेशन प्रतिनिधी शान्ती अधिकारी, G.P Koirala Foundation का कार्यलय सचिव राम भण्डारी लगाएत G.P Koirala Foundation प्रति आस्था राख्नेहरुको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै सभापति थापा मगरले माओवादिलाई शान्ती प्रकृयामा ल्याएर देशमा शान्ती स्थापना गर्नमा स्व। गरिजा प्रसाद कोईरालाको एक इतिहासीक योगदान रहेकोले नोवल शान्ती पुरस्कार उहाले पाउनुपर्ने बताउनुभयो।

उहॉलेG.P Koirala Foundation एसिया प्यासिफिक र मकाउले नेपालको खेलकुद, स्वास्थय, शिझा र गरिव जनताहरुलाई सहयोग गर्ने पनि जनाउनु भयो।कार्यक्रमको  अन्तय मा प्रमुख अतिथि तथा फाउण्डेशन की केन्व्रीय अध्यक्ष सुजता कोइराला ले मकाउ मा एउटा  उदारणीय कार्यक्रम गरेको र फाउण्डेशन लाइ उचाइ र गतिशील तिर डोराएको मा सबैजाना लाई धन्यवाद प्रकट गर्नु भयो ।