ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रकाशित मिति:

काठमाडौँ -महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले ब्राउन सुगरसहित दुई युवकलाई आज पक्राउ गरेको छ ।जिल्लाको चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट प्रहरीले ५–५ ग्राम ब्राउन सुगरसहित सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षीय पुरण परियार र सोही स्थान बस्ने रुपन्देहीका २३ वर्षीय राधेश्याम बेलदारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।