जन्म दिन मनाउने ब्यक्ती एक ,कार्यक्रम र सहयोगि हात अनेक – बिहादी पर्वत

प्रकाशित मिति:

पर्वत – जन्म दिनको अवसर पारी पर्वत को बिहादी गाउपालिकाका एक विद्यार्थीले त्यहा का युवालाइ समाजसेवा सङ्ग जोडेका छन । बिहादी गाउपालिका वार्ड २ घर भएका हाल बुटवल को लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत हिम लाल गिरी पारसले जन्मदिनको अवसरमा त्यहाका युवालाइ लिएर समाजसेवामा जुटेका हुन। पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालीका वडा नम्बर ३ रानीपानीको पसियार मा रहेको एकै परिवारका पाँच अपाङ्गका लाई बिहादी गाउँपालीका २ बर्राचौर र बिहादी गाउँपालिका ३ रानीपानी का युवाहरूले समाज परिवर्तन युवा बाट नै गर्न पर्छ र जन्मदिनमा रकम बचाएर समाज र सेवालाइ जोड्नु पर्छ भन्ने उदेश्यले बिहीबार एक कार्यक्रम गरि उक्त परिवारलाई ह्विल चियर, कपडा ,फलफूल वितरण गरेका थिए । त्यस्तै जन्मदिनको अवसरमा कार्यक्रम गर्ने सहज वातावरण बनाइदिनुहुने र उपस्थित भएका युवा धन्यवाद दिदै गिरीले भने समाज परिवर्तन गर्ने जोस भएका युवाहरूलाई साथमा देख्दा खुसी भएको अभिब्यक्ती दिए।

अध्ययनको शिलशिलामा गाउको स्थानिय सरोकार बिषयमा बुझ्न गाउँ पसेका थियौ , यहाको स्थिती हेर्दा केही सहयोग गरौ त लागेको थियो , जन्म दिनको अवसरमा गिरीले यो अवसर जुटाउनुभयो बुटवल मा अध्ययनरत बिप्लबी न्यौपानेले भनिन । कार्यक्रममा बर्राचौरका युवा अमित कुँवर , गणेश पराजुली ,विक्रम पङ्गेनी,प्रवेश हिताङ्ग, प्रदिप गिरी,दिपक सुनार,धुर्ब पराजुली बिहादी गाउपालिका ३ रानीपानीका आन्नद पराजुली ,सन्तोष पराजुली ,शुपेश सुनार ,बिहादी ५ का युवती रचना सापकोटा , विप्लवी न्यौपाने लगायतको उपस्थित रहेको थियो वितरण कार्यक्रम पत्रकार अमृत भट्टराईले संचालन गरेका थिए। कार्यक्रम को प्रबेश हिताङ्ग, नरेन्द्र छेत्री भिम , माया भुसाल ,ब्यवसायी प्रकाश डुम्रे ,अमृत भुसाल, निशान सुवेदिले सहयोग पुर्याउनु भएको थियो ।

वितरण गरिएको सामान लिदै अपाङ्ग परिवारका बुबा बलबहादुर परिवारले भने हामीलाई सबै आशा मात्र देखाउदै गएको बेला जन्म दिनको अवसरमा आएर सहयोग गरेकोमा गिरीलाइ सुस्वास्थ्य र दिर्घायुको शुभकामना दिनुभयो । जन्म दिनको अवसरमा युवाहरु एक भइ सहयोग गरेको देखेर आखा बाट आँसु झर्दै भने राजनीति दलका नेता हरु चुनावका बेला भोटका लागि धेरै आशा देखाएपनि गाउँपालीकाले पनि नगरेको काम गाउका युवाहरुले गरेको देख्दा उहाले समाज परिवर्तनको नया आधार खडा भएको जनाउनुभयो । वितरण कार्यक्रममा बर्राचौरका युवा दिपक सुनार र प्रवेश हितङ्गले छिटोनै एउटा कपडा सिलाउने हाते मेसिन प्रधान गर्ने बताए । उक्त परिवारमा विगत १८ बर्ष देखि ५ छोरी ओछ्यानमा रहिआएका छन् २ जनाको भने दुई बर्ष अघि समयमै राम्रो उपचार नपाएको र उपचारका लागि प्राप्त मात्र पैसा नभएको कारण मृत्यु भएको उनकी आमा कौशिला परियारले बताइन् ।

अहिले ओछ्यानमा १८ वर्षकी मिठु परिवार , १६ वर्षकी अनिता परिवार , १५ वर्षकी गंगा परिवार छन् मिठुको दुवै हात पनि नचल्ने र खान पनि अरुको सहारामा खानेगरेको बताइन् । अनिता पनि ओछ्यानमा नै सुतिरहेको बेला आफुलाई केही गुडिया बुन्ने मन भएको बताइन् । गंगाको भने दुईवटा हात ठिक भएको कारणले केही कपडा सिलाउन सक्ने बताइन् । उनिहरुलाई भित्र बाहिर गर्न एक जना कुरुवा बस्ने पर्न र दिसापिसाब पनि ओछ्यान बाट तरकाउन नसक्ने उनीहरुका बुवाले बताए । जन्म दिन पर्ने गिरी नेबि सघं बिहादी गाउँ पालिका सयोंजक भएर राजनीति क्षेत्रमा पनि लागि परिरहेका छन।

थप समाचार