एशिव श।रण महत-भीरकोट/ भीरकोट नगरपालिका वडा न ६ मा रहेको खिलुङ् देउराली स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम भीरकोट नगरपालिका वडा न ६ अवस्थीत जनजागरण आमा समूहको सभाहलमा सम्पन्न भएको छ । स्वास्थ्य संस्थाले आर्थीक वर्षको अन्तमा अनिर्वाय रुपमा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको हो ।
सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, अनियमितता, पारदर्शिता र प्रभावकारिताबारे सम्बन्धित सेवाग्राही, सेवाप्रदायक÷व्यवस्थापकीय पक्ष तथा सरोकारवालाहरुको धारणाका आधारमा गरिने विश्लेषणात्मक लेखाजोखानैं सामाजिक परीक्षण हो । समुदायले महसुस गरेको उपलब्धि, अनुभव, बुझाई र दृष्टिकोण थाहा पाउने एक प्रजातान्त्रिक प्रक्रियाको रुपमा सामाजिक परीक्षणलाई लिईन्छ । सेवा प्रदान गर्ने संस्थाको जवाफदेहिताको मापन गर्ने कार्यक्रम नभएर विकास प्रक्रियालाई सार्वजनिक र पारदर्शी गर्ने एउटा पद्धतिको रुपमा सामाजिक परीक्षणलाई उपयोग गरिदै आएकोछ । सेवा प्रदान गर्ने क्रममा प्राप्त उपलब्धि र परिवर्तन तथा सुधारात्मक पक्षहरुको तेस्रो पक्षद्वारा लेखाजोखा गरी यथार्थ विवरण सार्वजनिक गर्दै समीक्षात्मक निष्कर्ष निकाल्ने र सुधारको पक्षमा जिम्मेवारी सहितको कार्ययोजना समेत तयार गर्ने उद्धेश्यले स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरिएको हो ।
सोही अवसरमा नगर प्रमुख छायाराम खनालले स्वास्थ्य क्षेत्र अत्यन्त महत्वपूर्ण विषय रहेको हँदा सामान्य रोग लागेर भीरकोटवासीलाई ज्यान गुमाउन पर्ने अवस्था आउन नदीने वताउनु भयो । भीरकोट नगरपालिका भित्रका हरेक स्वास्थ्य चौकीवाट ३५ प्रकारका निःशुल्क औषधी प्रदान भैरहेको भन्दै स्वास्थ्य सम्वन्धी कुनै पनि समस्या भए स्वास्थ्य चौकी जान आग्रह गर्नुभयो । आफु निर्वाचीत भएर आए पछी स्वास्थ्य क्षेत्रमा निकै सुधार ल्याएको वताउनु भयो । भीरकोट नगर भित्रका स्वास्थ्य चौकी जाने वाटाहरु सवै ग्रावेल भएका छन,कुनै पनि जनतालाई समस्या छैन, अव केही व्यवस्थापन गर्नु छ, भन्दै खनालले सवै मिलेर राम्रो कामको प्रशंशा गरौ र नराम्रो कामलाई नस्वीकारौ भन्नुहुदै समृद्ध भीरकोट वनाउनको लागी श्रमीकको सम्मान गर्नुपर्ने वताउनु भयो । खिलुङ देउराली स्वास्थ्य चौकीका प्रमुख दिपेश नेपाली कार्यक्रम माथी प्रकाश पार्दै स्वास्थ्य चौकीको हाल सम्मको वस्तुस्थीती , निःशुल्क प्रसुती सेवा लिने आमाहरुको विवरण,स्वास्थ्य संस्थावाट सेवा लिनेको संख्या, औषधी दाखिला र शुन्य मौजादतको अवस्था,खोप परिवार नियोजन र सुरक्षित मातृत्व,कर्मचारीको अवस्था,र संस्थाको आम्दानी खर्च आदी विषयमा सहभागीहरुलाई जानकारी दिएका थिए । खिलुङ् देउराली स्वास्थ्य चौकीका अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण एवं संचालन सामाजिक परीक्षक एशिव शरण महतले र स्वागत सि.अहेव युक्त नारायण अर्यालले गर्नुभएको थियो । भने खिलुङ् देउराली स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुत कार्यक्रमको सहजीकरण वास स्याङ्जा शाखाले गरेको थियो ।












