वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई रक्षा मन्त्रीमा नियुक्त गरेका छन् ।इरानसँग विवाद चलिरहेका बेला एस्परलाई राष्ट्रपति ट्रम्पले रक्षामन्त्री नियुक्त गरेका हुन् । रक्षामन्त्री एस्पर यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त भएका थिए ।
गत डिसेम्बर महिनामा तत्कालिन अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिएपछि पेट्रिक सनहनले कार्यवाहक रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । केही अघिमात्र पारिवारिक कारणले कार्यवाहक रक्षामन्त्री सनहनले पद त्यागेका थिए ।सन् १९९१ को खाडी युद्धमा समेत संलग्न एस्परसँग लामो सैनिक अनुभव रहेको बताइन्छ ।रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषदको सबैभन्दा महत्वपूर्ण मन्त्रीका रुपमा लिइन्छ ।












