रुपन्देहीको सैनामैनामा मगर संघको प्रशिक्षण सम्पन्न

प्रकाशित मिति:

बुटवल – नेपाल राष्ट्रिय मगर संघ सैनामैनाको अयोजनामा प्रारम्भिक भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाली कांग्रेसको भातृ संगठन रुपमा रहेको नेपाल राष्ट्रिय मगर संघ सैनामैनाले नेपाली कांग्रेसको बारेमा विगत र वर्तमान् केलाउदै कांग्रेसले अगामी दिनमा कसरी अगाडी र संगठनलाई बालियो बनाउन प्रशिक्षण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य तथा महासमिति सदस्य छन्द बहादुर पहराईले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक पहराईले सबै जातजातिको अधिकार लोकतन्त्रको माध्यमबाट मात्र सुनिश्चत हुने भएको हुदाँ मगर समुदाय तथा अन्य समुदायलाई लोकतन्त्र बालियो बनाउनका लागि नेपाली कांग्रेसलाई साथ दिन आग्रह गर्नुभयो । नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सल्लाहकार तथा नेपाली कांग्रेसका नेता श्री प्रसाद आलेले कांग्रेस अब पनि घरमा बस्यो भने कांग्रेस पुस्ताकमा मात्र भेटिने छ त्यो पनि इतिहासको कालखण्डमा त्यसैले प्रत्येक मगर समुदायले अब पनि नसोचे कैले सोच्ने भन्दै कांग्रेस यो स्थानमा आइपुग्नका लागि मगर समुदायका उल्लेखनीय योगदान रहको बताउनु भयो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ सैनामैनाको अधिवेशन तयारीका लागि केशर बहादुर श्रीसको संयोजकत्वमा २५ सदस्यीयसमिति गठन गरिएको छ । नेपाल राष्ट्रिय मगर संघ सैनामैनाका अध्यक्ष केशर बहादुर रानाको अध्यक्षता तथा टेक बहादुर रेश्मीको स्वागत तथा धन बहादुर रानाको संचालनमा सम्पन्न भएको थियो ।