‘जानम समझा करो’ को रिमेक हो ‘इन्शाल्लाह

प्रकाशित मिति:

एजेन्सी -सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इन्शाल्लाह’ मा सलमान खान र आलिया भट्टको रोमान्टिक जोडीको खबरले निकै हलचल मच्चिएको छ । यसबीच, यस फिल्मको स्टोरी र प्लटलाई लिएर पनि पर्दा उठेको छ । यो मोस्ट अवेटेड फिल्मलाई लिएर रोचक जानकारी बाहिर आएको छ । सलमान र आलिया स्टारर उक्त फिल्म ९० को दशकको एक सुपरहिट फिल्ममाथि बेस्ड हुनेछ ।

अझ रोचक कुरा के छ भने यो पुरानो फिल्म पनि सलमान खानको नै हो, जसको गीत अहिले पनि दर्शकको जिब्रोमा झुण्डिरहेको छ । सलमान र उर्मिला मातोन्डकर स्टारर फिल्म ‘जानम समझा करो’ को स्टोरी र प्लटमा बेस्ड भएर ‘इन्शाल्लाह’ बन्न लागेको भारतीय मिडियाले बताएका छन् । यद्यपि, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । २०२० को इदमा फिल्म रिलिज हुँदैछ । प्रोडक्शनको एक सुत्रका अनुसार, यो फिल्म ४० वर्ष उमेरका एक व्यवसायीको कथा हो, जो लापर्बाही छ र जीवनप्रति खासै गम्भीर छैन । उसलाई पिताले एक सर्तमा आफ्नो सारा सम्पत्ति दिने वाचा गर्छन् । त्यसका लागि ऊ कसैको प्रेम पर्नुपर्ने छ र आफ्नो जीवन शैली बदल्नु पर्ने छ । उसले आफ्नो पितालाई झुक्याउन आलियाको साहरा लिन्छ र नक्कली सम्बन्ध बनाउँछ ।

तर, बिस्तारै उनीहरु एकअर्काको प्रेममा पर्छन् । फिल्मको मूल कथा यही हो । यसबाट स्पष्ट हुन्छ कि, उर्मिला(सलमानको फिल्म ‘जानम समझा करो’ कै स्टोरीबाट प्रभावित भएर ‘इन्शाल्लाह’ बन्न लागेको हो । तर, भन्सालीले हुबहु उतार्न भने लागेका होइनन् । हम दिल दे चुके सनमु को करीब २० वर्षपछि सलमान र भन्सालीको यस फिल्ममा टिमअप भएको हो । यस फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ ।