फेसबुकका प्रयोगकर्ता घटे

प्रकाशित मिति:

पछिल्लो २ वर्षमा फेसबुक साइटमा सक्रिय हुने प्रयोगकर्ताको संख्या झण्डै आधाले घटेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार प्रतिस्पर्धी सोसल प्लाटर्फम युट्युबप्रति युवापुस्ताको मोह बढ्दै जाँदा फेसबुकप्रतिको मोह भने घटिरहेको देखिएको छ ।

पछिल्लो दुई वर्षको अवधिमा मासिक फेसबुक वेबपेज भिजिट संख्या उल्लेख्य रुपमा घटेको छ । दुईवर्षअघि मासिक फेसबुक वेजपेज भिजिट ८ अर्ब ५० करोड रहेकोमा अहिले त्यो संख्या ४ अर्ब ७० करोडमा झरेको छ ।

मोबाइल एपमार्फत फेसबुक चलाउने प्रयोगकर्ताको संख्या निरन्तर रुपमा बढिरहेको भएपनि यसले फेसबुकका कूल सक्रिय प्रयोगकर्ताको संख्यामा भैरहेको गिरावट थाम्न सकेको छैन ।