प्रहरीमाथि आक्रमण भएपछि कुमार पौडेल मारिएका हुन्: गृहमन्त्री थापा

प्रकाशित मिति:

काठमाडौँ -गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युबारे संसदीय समितिलाई जानकारी गराउनुभएको छ । उहाँले प्रहरीमाथि नै हमला गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा कुमार पौडेल मारिएको जानकारी दिनुभएको हो ।

सोमबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा पौडेलको ज्यान गएको बताउनुभएको हो । मुठभेड नभई हत्या गरिएको भन्ने आरोप लागिरहेका बेला गृहमन्त्रीले भने प्रहरीको जवाफी कारबाहीमा नै पौडेल मारिएको जानकारी दिनुभएको हो ।

लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रतिनिधीले जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउन विप्लव समूह सक्रिय रहेको भन्ने जनगुनासोको आधारमा प्रहरीले सो क्षेत्रमा गस्ती बढाएको थियो । सोही क्रममा असार ५ गते दिउँसो २ बजेतिर कुमार पौडेल प्रहरीको गोलीबाट मारिएका थिए । सर्लाहीको लालबन्दी नगरपालिका( १ लखनदेहीस्थित जंगल बाटोमा प्रहरी र पौडेलको समूहबीच गोली हानाहान भएको बताइएको थियो ।मन्त्री थापाले सो घटनामा प्रहरीको गोली लागेका अर्का १ जना गरी २ जना भने फरार भएको जानकारी दिनुभयो । जंगलतर्फ भागेका उनीहरुको पनि खोजी जारी रहेको रहेको उहाँले बताउनुभयो ।आइतबार बसेको राज्यव्यवस्था समितिकै बैठकमा सत्तारुढ नेकपाकै सांसद जनार्दन शर्मा लगायतले कुमार पौडेलको मृत्युरहत्या गम्भीर रहेको भन्दै गृहमन्त्रीसँग जवाफ माग्नुभएको थियो । सो घटनाबारे मानव अधिकार आयोगको टोलीले समेत छानबिन गरिरहेको छ भने विप्लव समूहले मूठभेड नभई पक्राउ गरी हत्या गरिएको बताउँदै आएको छ ।