इथियोपियामा सेनाप्रमुख र नेताको हत्या

प्रकाशित मिति:

एजेन्सी –इथियोपियामा सेनाप्रमुख र एक प्रान्तीय नेताको हत्या भएपछि संयुक्त राष्ट्रसङ्घले त्यहाँका नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ ।इथियोपियाको उत्तरी अम्हारा क्षेत्रका नेता अम्बाचेव मकोनेनको गोली हानी हत्या गरिएको केही घण्टापछि राजधानी आदिस अबाबामा सेना प्रमुख साअर मकोननको उनकै अङ्गरक्षकले हत्या गरेका छन् । इथियोपियाली सरकारले दुवै आक्रमणहरू सुनियोजित भएको बताएको छ । सो घटनालाई लिएर सोमबार इथियोपियामा राष्ट्रिय शोक मनाइँदैछ ।

अम्हारा प्रान्तमा त्यहाँका सुरक्षा प्रमुख असामिनअ सिगेले सत्ता हत्याउने प्रयास गरेका तर उनी अहिले बेपत्ता रहेको सरकारले बताइको छ । पछिल्ला आक्रमणपछि प्रधानमन्त्रीले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै देशलाई विभाजन गर्न उद्यत शक्तिहरूविरुद्ध एकजुट हुन आग्रह समेत गरेका छन् ।