बर्दिया-नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दका कारण बर्दिया जिल्लाको जनजिवन प्रभावित भएको छ । सोही क्रममा देशका विभिन्न ठाँउमा बम फेला परिरहेका छन् । बर्दियामा पनि दुई प्रेसर कुकर बम फेला परेको छ ।
जिल्ला सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्तर्गत डिभिजन बन कार्यालयको पश्चिमतर्फ गुलरिया भुरिगाउँ सडक र पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको लकर्तनिया चोकमा कुकर बम भेटिएका हुन् ।बन्दलाई लक्षित गर्दै विप्लवले सडकमा बम राखेको हुनसक्ने प्रहरीको आशंका छ । बम भेटिएका स्थानमा कडा सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डीएसपी मदनजीत महराले बताए । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पार्ने काम गरिरहेको डीएसपी महराले जानकारी दिए
विप्लव नेतृत्वको पार्टीले आह्वान गरेको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि सवारी साधन चलेका छैनन् । भने हालसम्म बर्दिया प्रहरिले १४ जना बिप्लवका कार्यकर्तालाई पक्राउ गरि सकेको छ भने जस मध्य ९ जनालाई मुद्वा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।












