रुपन्देहीको गैडहवामा चट्याङ लागेर एक युवकको मृत्यु

प्रकाशित मिति:

गैडहवा-जगिलाल थापा/रुपन्देहीको गैडहवा गाउपालिका वार्ड नं। ७ बर्गदैयामा चट्याङले हानेर एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यलय सूर्यपुराको अनुसार गैडहवा ७ बर्गदैयाका रामजीत लोधका २५ बर्षिय छोरा भगवानदास लोधको चट्याङ लागेर मृत्यु भएको हो ।

सांझ करिब ६ बजेतिर आफ्नो घर पछाडी रहेको तरकारीबारीमा तरकारी हेर्न गैरहेको बेला एक्कासी चट्याङ परी चट्याङको झिल्का लागेर घाइते भएका लोधलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राममा उपचार गर्न पठाइएको र अस्पतालमा उपचारको क्रममा लोधको मृत्यु भएको इलाका प्रहरी कार्यलय सूर्यपुराले जानकारी दिएको छ।