टुंगियो टाइगर र दिशाको प्रेम

प्रकाशित मिति:

बलिउडका लभ बर्ड्स टाइगर श्राफ र दिशा पटानीले फिल्म ुबागी २ु मा सहकार्य गरेका थिए । यो फिल्म बक्सअफिसमा हिट भएसँगै बजारमा दुईको प्रेम चर्चा सुरु भयो । उनीहरुले आफूहरु बीच प्रेम सम्बन्ध नभएर साथीको सम्बन्ध रहेको पटक(पटक स्पष्टिकरण दिए । तर, न दर्शक न त मिडियाले यो विश्वास गरे । दुईको लभ स्टोरीको चर्चा हुन कहिल्यै कम भएन

तर, अब टाइगर र दिशाको ब्रेकअप भएको खबर बाहिर आएको छ । पिंकविलाले यो कुराको पुष्टि गर्दै खबर छापेको छ । पिंकविलाले लेखेको छ, टाइगर र दिशाले आपसी सहमतीमा छुटिने फैसला लिएका छन् । अब, प्रेम सम्बन्ध अगाडि नबढाउने र साथीको रुपमा अगाडि बढ्ने उनीहरुको निर्णय छ । दुईको जोडीलाई रिल र रियल दुबैमा दर्शकले निकै रुचाएका थिए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु कयौं पटक ठूलो इभेन्टमा साथमा देखिएका थिए । दुईलाई रेस्टुरेन्टमा सँगै डिनर गरेर निस्किएको पनि धेरैपटक देखिएको थियो । टाइगरका पिता ज्याकी श्राफले त उनीहरुको सम्बन्धमा सहमती पनि जनाएका थिए । अब, टाइगर र दिशाको प्रेम सम्बन्धमा पूर्णविराम लागेको छ । न अब कहिल्यै दुईको प्रेम चर्चाले बलिउड तात्नेछ ।

पिंकविलामा प्रकाशित खबरका अनुसार, दुईका एक क्लोज सोर्सले बताएका छन् कि केही हप्तादेखि टाइगर र दिशाको सम्बन्ध अप डाउनु बाट गुज्रिरहेको थियो । यसैकारण दुईले प्रेम सम्बन्धलाई टुंग्याउने र आ(आफ्नो बाटोमा हिँड्ने फैसला लिएका छन् । टाइगर अहिले ुबागी ३ु को तयारीमा छन् । दिशा अभिनीत नयाँ फिल्म भारत हाल प्रदर्शनरत छ