मोरङ-मोरङमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर रंगेली नगरपालिका ९ का अभत ऋिषिदेव र अनिल ऋिषिदेवको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु भएको उनीनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।चट्याङ लागेर उनीहरुको स्थानीय दोहमना बजारमा मृत्यु भएको प्रहरीले बताएको छ ।












