भारतमा नयाँ गुप्तचर प्रमुखहरु नियुत्त

प्रकाशित मिति:

एजेन्सी -भारतमा नयाँ गुप्तचर प्रमुखहरु नियुक्त भएका छन् । बुधबार रिसर्च एण्ड एनालिसिस विङ रअप्रमुखमा समन्त गोयल र इन्टेलिजेन्स ब्युरो आइबी मा अरविन्द कुमार नियुक्त भएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार वरिष्ठ आइपीएस अफिसर अरबिन्द कुमारलाई बुधबार आइबी प्रमुखमा नियुक्त गरिएको छ । १४ असारमा वर्तमान आइबी प्रमुख रवि जैन सेवानिवृत्त हुनेभएपछि कुमारलाई नियुक्ति दिइएको हो ।