अभिनेत्री कृतिले गरिन् दोस्रो बिहे

प्रकाशित मिति:

काठमाडौँ -श्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका फिल्ममा अभिनय गरेकी अभिनेत्री कृति भट्टराईले दोस्रो विवाह गरेकी छन् । ‘गहना’, ‘कसलाई आफ्नो भनुँ’ टेलिसिरियलमा समेत अभिनय पस्किएकी उनले रोहित पौडेलसँग बुधबार दरबारमार्गस्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरिन् ।रोहित र कृतिको प्रेम विवाह रहेको जानकारी प्राप्त छ । रोहित पेशाले इन्जिनियर हुन् । विवाह समारोहमा दुलहादुहली दुबै पक्षका परिवारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

कृति पछिल्लो समय काँचको पर्दाबाट टाढा छिन् । उनले राम्रो स्क्रिप्टबाट अफर नआएका कारण फिल्म नगरेको बताउँदै आएकी छन् । सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग डिभोर्स भएपछि उनी लामो समय एक्लो जीवन विताउँदै आएकी थिइन् । रविसँग उनको प्रेम र अन्तरजातीय विवाह भएको थियो । केही महिनायता कृति नयाँ बानेश्वर थापागाउँको अर्ग्यानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आइरहेकी छन् । उनी आरजे र भिजे समेत हुन् ।हाम्रो तर्फबाट कृति भट्टराई र रोहित पौडेललाई बैबाहिक जीवनको शुभकामना