पुनहरि बेल्बासे ,भैरहवा- सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा. (रा.भ.सु.) रुपन्देहीबाट अवैध रुपमा भन्सार छलि गरि नेपाल भित्राइएका सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्द बहादुर खातीको कमाण्डमा खटिएको गाडी मोवाईल टोलीले विशेष सूचनाको आधारमा रुपन्देही सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकामा चेकजाँच गर्ने क्रममा गाडी नं. डि एल ८ सि ए एन ५७८३ को महिन्द्रा के यु भि कारमा फल्सबटम बनाई भारतबाट भन्सार छलि अवैध रुपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको Xiaomi Poco F1 मोवाईल ३ ओटा, भिभो वाइ ९१ मोवाईल १ ओटा गरी जम्मा ४ ओटा मोवाईल र २१० जोर (पुमा) मोजाहरु तथा ढुवानीमा प्रयोग गरिएको कार समेत गरी जम्मा मुल्य रु १३ लाख २१ हजार बराबरको राजश्व भन्सार दाखिला गरिएको खातिले जानकारी दिए । उक्त गाडीको सवारी चालक जिल्ला महाराजगंज नौतनवा न.पा. १ उत्तरप्रदेश भारत बस्ने बर्ष ३६ को सतिश जायसवाललाई समेत पक्राउ गरी आबश्यक कार्बाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको जानकारी दिए ।












