एजेन्सी – भारतको हरियाणाको फरीदाबादमा भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएको छ। गोली लागे लगत्तै अस्पताल पुु¥याइएका चौधरीको शरीरमा कम्तिमा १० गोली लागेको अस्पतालका अधिकारीले बताएको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ। बुधबार बिहान ९ बजे गोली लागेर गम्भीर घाइते भएका उनलाई ततकालै अस्पताल लगिएको भए पनि डाक्टरले बचाउन सकेनन्।
व्यक्तिगत रिसीबिका कारण चौधरीको हत्या गरिएको हुन सक्ने फरिदाबाद प्रहरीका सुुबे सिंहले जनाएका छन्। कारबाट गइरहेको बेला चौधरीमाथि दुुईजनाले गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन्।
विकास चौधरीको हत्यापछि हरियाणा कांग्रेसका अध्यक्ष अशोक तन्वरले ‘जंगल राज’ को प्रतिक्रिया दिएका छन्। कानुनको कसैलाई डर नभएको बताउँदै उनले हत्याको गम्भीर छानबिन हुनुपर्ने मााग गरेका छन्।












