रुसमा विमान दुर्घटना, २ पाइलटको मृत्यु (भिडियो)

प्रकाशित मिति:

काठमाडौं – रुसमा बिहीवार बिहान एक विमान दुर्घटना हुँदा दुवै पाइलट मारिएका छन् भने १९ यात्रुहरू घाइते भएका छन् । एन्टोनोभ–२४ का पाइलटहरूले विमानमा इन्जिन बन्द भएपछि आकस्मिक अवतरण गर्नुपरेको थियो । साइबेरियाको बुर्याटियास्थित निझ्नीयनगार्स्कबाट उड्नेबित्तिकै विमान अवतरण गर्नुपरेको थियो ।

विमानमा सवार ४६ यात्रुहरू सुरक्षित रहे । उन्नाईसजनालाई तत्कालै अस्पतालमा उपचार थालिएको थियो । विमान उलान–उडेबाट निझ्नीयनगार्स्कतिर जान लाग्दा दुर्घटनामा परेको थियो । आपतकालीन सेवाका मानिसले दुई बालबालिका सहित ४३ जनालाई विमानको भग्नावशेषबाट उद्धार गर्न सफल भएका थिए । – एजेन्सी