गलकोटका केसी बुटवलबाट २ हप्तादेखी सम्पर्क बिहिन

प्रकाशित मिति:

कौरव खत्री, बाग्लुङ बागलुङको गलकोटका एक ब्याक्ति दुई हप्ता देखि बुटवलबाट बेपत्ता भएका छन । गलकोट नगरपालिका ७ मल्म घर भएका ६३ वर्षिय लोक बहादुर केसी असार ३ गतेदेखि वेपत्ता भएका हुन । केसी बुटवलको ट्राफिक चोकदेखि हराई परिवार सॅग सम्पर्क बिहिन रहेका छन । घरबाट उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल जान्छु भनि हिडेका केसी असार ३ गते दिउॅसो ३ बजेसम्म परिवारको सम्पर्कमा रहेको र त्यस पश्चात सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको मोवाईलमा फोन गर्दा स्विच अफ बताउने गरेको बुहारी रिता खत्रीले जानकारी दिईन । बेपत्ता केसीको अहिले रुपन्देही प्रहरी, आफन्तजन र गलकोटबाट बसाई सराई गरि बुटवल तथा भैरहवामा बस्दै आईरहेका गलकोटेहरुले खोजी कार्य तिव्र पारिएको बुटवल निवासी महिला समाजसेवी हरि साहानीले जानकारी दिईन । यतिका दिन बित्दा समेत उनको कुनै अत्तोपत्तो नभएपछि परिवारजनले खोजीकार्यमा सहयोग गरिदिनको निम्ति प्रहरी प्रशासन, आफन्तजन, पत्रकारहरुलाई अपिल गरेको छ ।

हामीले बुटवल, भैरहवामा रहेका सबै गलकोटे दाजुभाई दिदीबहिनीहरु, उनका आफन्तजन सॅग निरन्तर सम्पर्क गरिरहेका छौ तर उनी सम्पर्कमा नहुॅदा समस्या भईरहेको समाजसेवी साहानीले बताउनु भयो । उनको खोजीको लागि रुपन्देही प्रहरीले नेपाल भारत सिमामा रहेको सिसिटिभी फुटेज समेतको अवलोकन गरिरहेको बताएको छ । २ हप्ता देखि सम्पर्क बिहिन हुॅदा परिवार र आफन्तजन चिन्तित बनेका छन । बेपत्ता केसीको परिवारमा श्रीमती, छोरा, बुहारी, ३ छोरी र नाती नातिनीहरु रहेका छन ।