बुटवल –पूर्वराष्ट्रपति डा। रामवरण यादवले संबिधान कार्यान्वयनमा दायाबाया नर्गन आग्रह गरेका छन् । संविधानको मर्म अनुसार कार्यान्वयन हुनुपर्ने भन्दै देश विकास र समृद्धिको मार्गमा अघि बढ्नुपर्ने बताए ।उनले संविधान जारी भई ३ तहको निर्वाचन पश्चात मूलुक स्थायीत्वमा अघि बढेको बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले यही संबिधान मार्फत सबैका समस्या समाधान गर्न सकिने बताए ।पूर्वराष्टपति डा। यादवले लामो संघर्ष र आन्दोलनबाट नेपाली जनताले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाकी काम पनि छिटो पुरा गर्नु पर्ने बताए उनले सत्यनिरुपण तथा मेल मिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाकी काम पुरा गर्न अव ढिला गर्न नहुने उनको धारणा छ ।नेपालले धेरै अन्तरराष्टिय शान्ति संझौतामा हस्ताक्षर गरेकाले अन्तराष्टिय क्षेत्रमा लगेर कसैले दुख नदियोस भन्नका लागि शान्ति प्रक्रियाका काम टुग्याउन सरकारले बिशेष ध्यान दिनु पर्ने बताए ।
यादवले प्राकृतिक श्रोत र पर्यावरणलाई जोगाउन सबै नेपाली सचेत भएर लाग्नु पर्ने बताए ।देशमा सबै नेपाली एक भएर बांच्न पाउनुपर्ने उनको धारणा छ । सरकारले विप्लवलाइ सहमतिमा ल्याउन बार्ता गर्नुपर्ने बताए । कार्यक्रमको अध्यक्ष युनियनका सभापति रेखा भुसालले गर्नुभएइको थियो भने संचालन सहहसचिब कल्पना तिवारीले गर्नुभएको थियो ।












