सम्झाना भण्डारी ले टुडिखेल मेरो नाम मा गरिदेउ भने पछि पान्डे लाई पर्यो हम्मे हम्मे

प्रकाशित मिति:

बुटवल –तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

प्रत्येक बर्ष जस्तै नजिकिदै गरेको तीजको अवसर पारेर सयौंको संख्यामा तीजका गीतहरु बजारमा आएका छन् यसै मध्ये भर्खरै “सुमार्ग फिल्म प्राली”ले नयाँ तीजको गीत “दुई जिब्रे” बजारमा ल्याएको छ । जुन गीतमा अहिलेको राजनीतिक परिवेशलाइ व्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । यस गीतको रचना र स्वर नारायण पाण्डेको छ र संझना भण्डारीले साथ दिनु भएको छ ।”म्युजिक भिडियो एल्बमको उत्पादक वितरक सुमार्ग फिलिम्स प्रालिले गरेको छ। गीतमा यादब देबकोटा सरापे  र आशा खड्का ९सुकमाया०को अभिनय रहेको छ १ यसमा म्युजिक एरेन्जर कृष्ण भान्जा,रेकर्ड बिमल छिनाल र भिडियो डाइरेक्सन काजिस श्रेष्ठको रहेको छ ।
हेर्नुहोस यो रमाइलो भिडियो