धादिङ-पृथ्वी राजमार्गस्थित धादिङ गल्छी सडक लेदोको कारण पुनः अवरुद्ध भएको छ । शनिबार बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको हो ।पहाडबाट खसेको लेदोले एक किलोमिटर जति सडक अवरुद्ध पारेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान सात बजेर ५० मिनेटबाट सडक अवरुद्ध भएको छ ।
अहिले दुवैतर्फ सयौं सवारी साधान रोकिएको प्रहरीले जनाएको छ । लेदो हटाउन एक स्काभेटर र ६ जेभिसी प्रयोग गरिएको छ ।प्रहरीले अवरुद्ध सडक खुलाउन अझै आधा घण्टा लाग्ने जनाएको छ । यसअघि पनि लेदो सडकमा खस्दा करिब पाँच घण्टा सडक अवरुद्ध भएको थियो