ट्रम्प बने उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति, किमसँग गोप्य वार्ता

प्रकाशित मिति:

तस्वीर–सीएनएन/एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोन उनबीच कोरियाली सीमा क्षेत्रमा भेटवार्ता भएको छ । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्र डीएमजेडमा उनीहरुबीच भेट भएको हो ।

डीएमजेड अर्थात डिमिलिट्राइज्ड जोन(सीमा क्षेत्र) उत्तर र दक्षिण कोरियालाई विभाजित गर्ने असैन्यकृत क्षेत्र हो । यो अभूतपूर्व भेटवार्ता ट्रम्पले अचानक किम जोन उनसँग डीएमजेडमा भेट्ने प्रस्ताव गरेपछि भएको हो ।

भेटवार्तासँगै ट्रम्प उत्तरकोरियाली भूमिका टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । उनी उत्तर कोरियाको भूमिमा २० पाइला हिँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सीमा क्षेत्रमा ट्रम्प पुगेपछि उनलाई स्वागत गर्न किम पुगेका थिए र उनीहरु सँगसँगै उत्तर कोरियाली भूमिमा हिँडेका थिए । त्यसपछि किम र ट्रम्पबीच एक्लाएक्लै वार्ता भएको सीएनएनले जनाएको छ ।