बार्सिलोनामा भब्य सांस्कृतिक कार्यक्रम हुदै : लोक क्षेत्रका बादशाह संन्तुले धमका मच्चाउदै !

प्रकाशित मिति:

दीपेन्द्र गजुरेल/स्पेन – स्पेनको पर्यटकिय शहर बार्सिलोना नेपाली भब्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । हाम्रो नेपाल हामी नेपाली नाम राखेर २२ जुलाईमा नेपालका ख्यातिप्राप्त लोकगायक संन्तु थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान यूरोप शाखाकी अध्यक्ष एवम लोकप्रिय गायिका सुमित्रा घिमिरे सापकोटा (सुमी),स्थानीय गायक तथा हास्य कलाकार अजय लोप्चन,भुवन अच्छामी,अनुसा थापा लगायत प्रसिद्ध बासुरी बादक विनोद कटुवालको साथमा, समी गुरूड, दिव्या भण्डारी , शिला केसी , ओजे़श लोप्चन तमाङ्ग , ईश्वर सिंह ठकुरी लगायत विजोग प्रस्तुत रहने कार्यक्रमका संयोजक संन्त बहादुर क्षेत्रीले नेपाल समाचार पत्रलाई बताए ।

ज्वाइनिकस्थित सिसीलीया हलमा गरिने आयोजकले जनाएको छ। विवादमा रहेका चर्चित गायक प्रकाश सपुत पनि आउने बताइएको भएपनि पछिल्लो समय गलबन्दी गितमा विवादमा तानिएका कारण ब्यस्तता हेरेर आउने नआउने टुङ्गो लगाउन नसकीएको कार्यक्रम संयोजक क्षेत्रीले बताए । कार्यक्रम भब्य र सभ्य बनाउन सम्पुर्ण बार्सिलोनाबासीलाई उपस्थितिकोलागि अनुरोध समेत गरिएको बताए । जुलाई २२ साँझ ५ बजेबाट कार्यक्रम हुने र कार्यक्रम प्रवेश शुल्क दश युरो राखिएको छ ।