प्रियंकाले लेस्वियन प्रेम कथामा आधारित वेब सिरिज बनाउने

प्रकाशित मिति:

काठमाडौँ –नायिका प्रियंका कार्कीले लेस्वियन अर्थात दुई महिलाको प्रेममा आधारित वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’को फस्ट लुक सार्बजनिक गरेकी छिन् ।प्रियंकाले आफ्नो होम प्रोडक्सनको पहिलो प्रस्तुती स्वरूप लेस्वियन कथामा आधारित सिरिज निर्माण गर्ने भएकी हुन् । सिरिजमा दुई युवतीबिचको प्रेम सम्वन्धलाई दर्शाइएको छ र उक्त भूमिकामा प्रियंका कार्की र सृष्टि श्रेष्ठ देखिनेछन् ।

प्रियंका भन्छिन्, ‘दुई युवती प्रेममा छन् भने यो कुनै ठुलो विषय नभई एकअर्काको प्रेम बुझ्ने वातावरण हुनुपर्छ ।’ शान थापाको कथा रहेको सिरिजमा प्रियंकाको पटकथा र संवाद रहनेछ । आयुष्मान देशराज जोशी ‘डीओपी’ रहेका छन् । साथै सार्वजनिक पोस्टर पनि आयुष्मानले तयार पारेका हुन् ।८ एपिसोड रहने सिरिज गाईजात्राको अवसर पारेर साउन ३१ गतेबाट युट्युबमा रिलिज हुने प्रियंकाले जानकारी दिएकी छिन् ।