बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने नवलपुरका दुई महिला पक्राउ

प्रकाशित मिति:

६० वर्षीया एक जेष्ठ नागरिकलाइ बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने नवलपुरका दुई महिला पक्राउ परेका छन् । पाल्पाको निस्दी गाउँपालिकाकी ६० बर्षिया महिलालाई बोक्सीको आरोप लगाउदै दुब्र्ववहार गरेको भन्दै नवलपुरको बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर ३ धारादीकी १६ वर्षीय तमसरी सिंजाली र मध्यबिन्दु नगरपालीका वडा नम्बर १४ बस्ने १८ बर्षीय गीता कामुलाई पक्राउ गरीएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।यही श्रवाण १२ गते दिउसो बोक्सी लगाएको भन्दै ति जेष्ठ नागरिकलाइ उनीहरुले गाउलेको बीचमा राखेर बोस्कीको आरोपमा सार्वजनिक रुपमा गालीगलोज गरेका थिए । जेष्ठ नागरिकलाइ गालीगलोज र दुब्र्यवहार गरेको भिडियो सामाजिक संजालमा आएपछि घटनामा संलग्न दुई महिलालाई पक्राउ गरी अनुसन्धान थालेको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।