सैनामैनामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटन हुँदै

प्रकाशित मिति:

नरेश चौधरी/सैनामैना – प्रधानमन्त्री स्वारोजगार कार्यक्रम अन्तरगत सैनामैनामा मंगलबार भोलि एक कार्यक्रमका विच उद्घाटन हुने भएको छ । वेराजगार भएका युवा युवातीहरुको नामावली संकलन पश्चात सैनामैना नगरपालिकाले मंगलबार सो कार्यक्रम वृक्षारोपण गरेर कार्यक्रमको थालनी गरिने सैनामैना नगरपालिकाले जनाएको छ । वृक्षारोपण सैनामैनाको ५मा रहेको बालापुर चुरे क्षेत्रमा गरिने छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तरगत नामावली संकलन तथा वेरोजगारलाई रोजगार दिने सरकारको निति अनुसार सैनामैनामा ३ हजार जनाले नाम सुचीमा दर्ता गराएका थिए । सैनामैना नगरपालिकामा यस आर्थिक वर्षमा ३९ लाख सो कार्यक्रम अन्तरगत बजेट संघिय सरकारले छुट्टाएको नगरपालिकाले बताएको छ ।

सैनामैना नगरपालिकामा चुरे क्षेत्र ६० प्रतिशत रहेको र बन अतिक्रमण भएको तथा बन मासिएको स्थान खुल्ला ठाउहरुमा क्रमश बृक्षा रोपणका लागि ति युवा युवातीहरुलाई काममा लागउने र स्वारोजगारका लागि समय समयमा तालिम तथा नगरको विकासका काममा लागइने नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।

कार्यक्रम लागु भए पश्चात सैनामैनाको विकासमा मद्दात पुग्ने सैनामैना नगरपालिकाका प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनु भयो ।मंगलबार भोलि एक समारोहका विच उधोग पर्यटन वन तथा वातावरण मन्त्रि लिला गीरीले सो कार्यक्रमको उद्घाटन गर्ने नगरपालिकाले जनाएको छ ।