निर्वाचनमा मतपत्र च्यात्ने दुईजनालाई एकएक लाख जरिवाना

प्रकाशित मिति:

चितवन –भरतपुर महानगरपालिकाको स्थानीय तह निर्वाचनमा मतपत्र च्यत्ने दुई जनालाई एकएक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।सोमबार चितवन जिल्ला अदालतले तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानलाई एकरएक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । उनीहरुले भरतपुर महानगरपालिका १९ को मतगणना भइरहँदा मतपत्र च्यातेका थिए।

जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर्‍याई जरिवाना तोकेको हो । निर्वाचन कसुर सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले २ वर्षपछि गत जेठ ३० गते दोषी ठहर गरे पनि उनीहरुको कसुर निर्धारण भने गरेको थिएन ।निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार यस्ता दोषीलाई एक लाख जरीवाना वा दुई वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था छ ।