भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक

प्रकाशित मिति:

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक बनेको छ । उनलाई लाइफ सपोर्टमा राखिएको छ । ९३ वर्षीय वाजपेयीको अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्स एम्समा विगत दुई महिना अघिदेखि उपचार भइरहेको छ ।बुधबार अचानक उनको स्वास्थ्य झन् बिग्रिएकाले लाइफ सपोर्टमा राखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।