पत्रपत्रिकाको बर्गीकरणको नतिजामा राजनितीकरण भएको प्रति यूनियनको आपत्ती,, सच्चाउन भन्दै प्रेस युनियनद्धारा देशभर ज्ञापन पत्र
प्रेस काउन्सील नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गीकरणको नतिजाप्रति खारेजीको जनाउँदै नेपाल प्रेस युनियनले विहीबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
पत्रपत्रिका बितरण संपरिक्षण समितिको सिफारिसलाई वेवास्ता गर्दै राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद राखेर विभेदपूर्ण तरिकाले नतिजा सार्वजनिक गरेको भन्दै युनियन सम्बद्ध पत्रकारहरु विरोधमा उत्रेका हुन ।
युनियनले संचार तथा सुचना प्रविधि मन्त्रालय र माननीय मन्त्रीलाई देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण गराउने गरी केन्द्रीय निर्देशन बमोजिम ज्ञापनपत्र बुझाइएको हो ।
यसैविच
नेपाल प्रेस युनियन रुपन्देहीले पत्रपत्रिका बर्गिकरणमा लापरवाही र पक्षपात भएको भन्दै सुचना तथा प्रबिधि मन्त्रि गोकुल बास्कोटालाई ज्ञापन पत्र पठाएको छ ।
युनियले ईलाका प्रशासन कार्यालय बुटवल मार्फत मन्त्रि बास्कोटालाई ज्ञापन पत्र पठाएको हो । युनियनका रुपन्देही सभापति बिक्रम खडकाले इलाका प्रशासन कार्यालय बुटवलका निमित्त प्रमुख धु्रव नेपाललाई ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो । उहांले काउन्सिलले पत्रपत्रिका बर्गिकरण गर्दा बिधि र प्रक्रिया पुरा नगरेकोले तत्काल सच्याउन र पुन बर्गिाकरण गर्न माग गर्नु भयो ।
आफना मागको सुनुवाई नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी युनियनले दिएको छ ।ईलाका प्रशासनका निमित्त प्रमुख नेपालले ज्ञापन पत्र तत्काल सञ्चारमन्त्रि समक्ष पठाउने जानकारी दिनुभयो । ज्ञापन पत्र पठाउन युनियनका उपसभापती रेखा भु्षाल,प्रदेश ५ का युनियनका सचिव हरिष ढकाल, सल्लाहकारहरु खिमानन्द भट्टराई,डायलशन अधिकारी,यमलाल भुषाल, झविन्द्र देवकोटा, अमृत पाण्डे,चण्डी बश्याल, मिना ढकाल लगायतको सहभागिता रहेको थियो ।










