सिड्नी – गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचित भएका छन् ।शनिवार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी दिनेश पोखरेललाई ३९१ मत अन्तरले पराजित गर्दै सन् २०१९(२१ का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।अध्यक्ष कँडेलले ४१४८ मत पाएका छन् भने पोखरेलले ३७५७ मत पाए ।यसैगरी महासचिवमा डा। ज्ञानेन्द्र रेग्मी ४१५८ मत ल्याउँदै बिजयी भएका छन् । उनले पाएको यो मत संख्या सर्वाधिक उच्च हो ।
यस्तै सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इरशद अहमत निर्वाचित भएका छन् ।राष्ट्रिय समन्वय समितिको कार्यसमितिमा निर्वाचित हुनेमध्ये सबैजसो कँडेल प्यानलका रहेका छन् ।यसैगरी आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायण प्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर निर्वाचित भएका छन् ।
‘नो भोट’मा ठूलो संख्या

यसपटकको निर्वाचनमा नोट भोट अर्थात् उम्मेदवारमध्ये कसैलाई पनि भोट नदिने अप्सनसमेत दिइएको थियो । अनौठो के छ भने ठूलो संख्यामा मतदाताले कुनै पनि उम्मेदवारप्रति आफ्नो बिश्वास देखाएनन् र नो भो भोटमा मतदान गरे ।जस्तो कि, अध्यक्ष पदमा ४६१ जनाले नो भोटमा मत दिए । यसको जम्मा ३९१ मतले हारजितको निर्धारण गरेको यो चुनावमा ४६१ अर्थात् कुनै एक उम्मेदवारलाई जिताउन वा हराउन सक्ने संख्याले नो भोट छनौट गरेका छन् ।
यस्तै महासचिव पदमा ७३७ जनाले नो भोट छनौट गरेका छन् । सचिवमा ८०३ र कोषाध्यक्षमा ८४९ जनाले नो भोटको विकल्प छानेका छन् । सबैभन्दा धेरै अर्थात् करिव ११५३ जनाले कोषाध्यक्षका दुवै उम्मेदवारप्रति मत दिन इन्कार गरेका छन् ।मतदान प्रकृयामा सहभागी भएर यति ठूलो संख्यामा उठेका उम्मेदवारप्रति असन्तोष दर्साउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । यसको कारण के हुनसक्छ भनी एनआरएन अष्ट्रेलियाभित्र कारणहरुको खोजी हुन थालेको छ ।चुनावी समीकरण निर्माण गर्दा आफुले मन पराएका उम्मेदवार प्रतिस्पर्धामा जान बञ्चित भएपछि एउटा ठूलो पंक्तिले नो भोट अप्सन छनौट गरिएको प्रारम्भिक अनुमान गरिएको छ ।
नवनिर्वाचित एक एनआरएन सदस्यले भने( मतदान प्रकृयामै सहभागीता नजनाएको भए गैरआवासीय नेपाली संघप्रति नै असन्तुष्टिका रुपमा लिन सकिन्थ्यो तर मतदानमा सहभागी भएरै नो भोट गर्नु अनौठो देखियो ।’कुल ११ हजार ६ सय १७ मतदातामध्ये ८ हजार ३ सय ६६ जना मतदान प्रकृयामा सहभागी भएका थिए । ३ हजार २ सय ५१ जनाले मतदानमा सहभागीता जनाएनन् ।












