सरकारका प्रवक्ताले पत्रकारलाई भने ‘कुहिरी मण्डल’मा हुनुहुन्छ

प्रकाशित मिति:

काठमाडौं – मन्त्रिपरिषद बैठक सकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा देशकाे पछिल्लो अवस्था बारेमा छलफल भएको नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। पत्रकारहरुले आकस्मिक रुपमा बोलाईएको बैठकमा के विषयमा छलफल भयो भन्ने प्रश्नमा प्रवक्ता बाँस्कोटाले भने ‘यो बैठक आकस्किम हैन जतिबेला पनि बस्न सक्छ, साँझ, बिहान मध्यरातमा पनि सक्छ चौविसै घण्टा अभाइलेबल हुनेछ’ मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको अधिकार भएकोले मन्त्रिपरिषदमा छलफल नहुने बाँस्काेटाले पत्रकारहरुलाई स्पष्ट पारे।

उनले भने ‘तपाईहरू कुहिरीमण्डलमा हुनुहुन्छ’, त्योभन्दा माथि उठ्न समेत पत्रकारलाई आग्रह गरे। सरकार नागरिककाे सुरक्षामा सधै चनाखाे भएकाे भन्दै बाँस्कोटाले आवश्यक पूर्वाधारपछि तरकारीको विषादी परीक्षण गर्ने पनि बताए। मन्त्री बाँस्कोटाले सरुवा बढुवा र केहि विधेयकका विषयमा छलफल भएको बताए । – थाहाँखबर