समुद्री तटमा कोकिनका प्याकेट भेटिए

प्रकाशित मिति:

मनिला,एजेन्सी । विगत केहि महिना यता फिलिपिन्सको पुर्वी समुद तटमा अन्तर्राष्ट्रि प्रचलित बजारमा लाखौं अमेरिकी डलर पर्ने कोकिनका प्याकेटहरु बगाउँदै ल्याएको भेटिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा अर्थात आइतवार मात्र क्वेजोन प्रान्तको समुदी« तटमा इटा आकारका कोकिन भरिएको प्याकेट तैरिरहेको अवस्थामा भेटिएको बताइएको छ । गत मे महिनामा मात्र माझीहरुले चालिस लाख अमेरिकी डलर भन्दा बढि मुल्य पर्ने ३९ वटा प्याकेट फेला पारेका थिए । प्रहरीले ति लागुऔषध भरिएका प्याकेट अष्ट्रेलिया तर्फ पठाइँदै गरेको बताएको छ ।

अष्ट्रेलियामा कोकिनको अत्यधिक माग रहेको छ । तर किन यसरी कोकिनका प्याकेट यसरी वेवारिस अवस्थामा फेला परे भन्नेबारे स्पष्ट कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आइतवार क्वेजोनको माउवान हानगरपालिकाको सागरमा पिकनिक मनाउन आएको एक परिवारले ति सातवटा प्याकेट फेला पारेका हुन् । शुरुमा तिनीहरुले ति प्याकेट आफैंले लिएको तर पछि शंका लागेपछि तिनीहरुले प्रहरीलाई खवर गरेका थिए । फिलिपिनी राष्ट्रपति रोिड्रगो डुटुर्टेले लागु औषध कारवार विरुद्ध चलाएको हिंसात्मक कारवाहीमा हजारौं व्यक्तिले ज्यान गुमाइसकेका छन् ।