नेकपाको आश्वासनपछि पत्रकार महास‌ंघको आन्दोलन फिर्ता

प्रकाशित मिति:

काठमाडौँ -मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन फिर्ता लिएको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको आग्रहपछि महासंघले आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएको हो । महासंघले मंगलबार नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको टोलीसँग वार्ता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

कानूनमन्त्री भानुभक्त ढकाल सम्मलित नेकपा संसदीय दलसँगको वार्तामा महासंघले उठाएका सबै सरोकार संशोधनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले तेस्रो चरणका कार्यक्रम फिर्ता लिएर आन्दोलन स्थगित गरिएको महासंघले जनाएको छ ।