कर वृद्धिको विरोध स्वरुप कांग्रेस नगरसमितीद्धारा शक्ति प्रदर्शन

प्रकाशित मिति:

नेपाली कांग्रेस बुटवल उपमहानगर समिति आन्दोलनमा उत्रिएको छ । बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशत सम्म गरेको करबृद्धिको बिरुद्धमा आज कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन गर्दै करबृद्धि फिर्ताको माग गरेको हो ।अस्पताललाइनबाट सयौको संख्यामा शुरु भएको नाराबाजी सहितको बिरोध र्याली नगर परिक्रमा गर्दै बुटवलउपमहानगरपालिकाको कार्यालयमा पुगेर गरेको थियो । कार्यँलयको मूल गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच केहिबेर धकेलाधकेल समेत भएको थियो । कोणसभालाइ सम्बोधन गर्दै बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जनताबाट निर्बाचित जनप्रतिनिधिले जनताको ढाड सेक्नेगरि गरेको कर बृद्धि बुटवलका जनताले नरुचाएको बताए । उनले करबृद्धि गर्नेपरे गतसालभन्दा १० देखि १५ प्रतिशत मात्रै गर्नुपर्ने बताए ।
बिगतमा १० हजार कर तिर्नेले अहिले ३५ हजार कर तिर्नु परेको भन्दै पार्टी कार्यालयमा कर बढेका प्रमाण सहितका गुनासा आएको उनले बताए ।सभापति पाण्डेले जनताले तिर्न नसक्ने गरी त्यो पनि सरोकारवालाहरुसंग व्यापक छलफल बिना अत्यधिक कर बढाएकाले बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठले निर्बाचित जनप्रतिनिधिहरु करबृद्धि गर्न जनतालो नजिताएको बताए ।‘जनप्रतिनिधिले धेरै सेवा सुबिधा लिनका लागि कर बृद्धि गरेका छन् ,धेरै सुबिधा चाहिए लोकसेवा पढेर कर्मचारी भएर आउ’ उनले भने । हाटबजारमा मकैपोल्नेसंग पनि कर लिइएको भन्दै उनले जनताको सेवक बन्न जनप्रतिनिधिलाइ आग्रह गरे । अव्यवस्थित बसोवास गर्नेहरुलाई लालपुर्जा बितरण गर्न लागे जस्तो गरेर कर लिन लागेको भन्दै त्यसप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ ।कोणसभामा कांग्रेस उपमहानगर सचिब ज्योति भण्डारी, प्रतिनिधिसभाका उम्मेदबार युवराज गिरि,प्रदेशसभाका उम्मेबार काजिमान श्रेष्ठ लगायतले करबृद्धि फिर्ता लिन आग्रह गरे । सोहि क्रममा कांग्रेस नेताहरुले बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीलाइ ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै सुबेदीले बाहिर हल्ला आएजस्तो करबृद्धि नगरिएको दाबि गरे ।उनले सबैको सल्लाह र सुझाब सहित आफु अघि बढ्ने आश्वासन दिएका थिए ।
बुटवल कांग्रेसले उपमहानगरपालिकाले गर्ने काम हेरेर गुण र दोषको आधारमा स्वागत, समर्थन, सहयोग र बिरोधको नीति सहित एक वर्षसम्म कुनै बिरोध गरेको थिएन ।