एजेन्सी –अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता त्यागेको खुलासा भएको छ ।अमेरिकाका लागि बेलायती पूर्व राजदुतको बाहिरिएको इमेलका अनुसार बाराक ओबामालाई उक्साउने गरी ट्रम्पले इरानसँगको सम्झौता त्यागेका हुन् ।
इमेलका अनुसार तत्कालीन विदेश सचिव बोरिस जानसनले परमाणु सम्झौताको साथ रहन २०१८ मा अमेरिकालाई अपिल गरेपछि ईरानले आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित गर्न सहमत भएको थियो ।तत्कालिन अमेरिकी राष्ट्रपति ओबामाले परमाणु सम्झौता गरेका कारण ट्रम्पले उक्त सम्झौता तोडेको खुल्न आएको छ । मुलुकका लागि ओबामाले गरेको सम्झौता निकै फलदायी भए पनि ट्रम्पको निजी सोच र घमण्डका कारण अमेरिका द्वन्द्वमा जान सक्ने भन्दै बेलायती पूर्व राजदुत सर किमले जोनसोनलाई पत्र लेखेका थिए ।












