रोहिणीमा चक्रवात हुरी, ठूलो दुर्घटना टर्यो

प्रकाशित मिति:

भैरहवा – नेपालको बारा पर्सामा आएको हुरी जस्तै रुपन्देहीको रोहिणीमा पनि चक्रवात हुरी आएको छ । हुरीले १६ वटा घरको छानो उडाए पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ह्ृदय थापाले दिएको जानकारी अनुसार रोहिणी गाउँपालिकाको वडा नम्बर २ को मैनिहवा, लखनौतिया, खोखरहनी, वडा नम्बर ७ को टिकर, पर्सामा हुरीले नोक्सान गरेको छ । हुरीका कारण यी ठाउमा १६ वटा घर गोठहरु उडेका छन् ।

हुरी प्रभावित क्षेत्रको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले निरिक्षण गरुेका छन् । निरिक्षण पछि उनले रोहिणी गाउँपालिका सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको जनाए । “हुरीको प्रकृति हेर्दा बारामा आए जस्तै थियो । यसको प्रभावमा परेका कतिपय रुखहरु समेत जराबाटै उखेलिएका छन भने कतैपय घरको जस्तापाताको पत्तो नै लागेको छैन ।” यादवले भने ।हुरी प्रभावित क्षेत्रमा अहिले ईलाका प्रहरी कार्यालय धकधई, जिल्ला प्रहरी कार्यालय रुपन्देही लगायतको टोलीले उद्दार गरेको र हुरीबाट करिब ८ लाख ५० हजार बराबरको नोक्सानी भएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए ।