पाण्डबखानीमा एक हप्ते आधारभुत पत्रकारीता तालिम सुरु !

प्रकाशित मिति:

पाण्डबखानी – बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा १ हप्ते अाधारभूत पत्रकारिता तालिम हिजाे देखि सुरु भएको छ। पाण्डबखानी अनलाइन खबरकाे आयोजना र पाण्डबखानी समाज युकेकाे आर्थिक सहयोगमा भएको तालिममा २७ जनाकाे सहभागीता रहेकाे छ। जसमध्ये विशेषगरी विद्यार्थीहरुकाे उल्लेखनीय सहभागीता रहेकाे छ।
तालिमा स्टेश उद्घोषण,भाषण कला ,,समाचार लेखन ,नेत्रुत्व बिकास र अन्तर्वार्ता सम्बन्धि तालिम दिने प्रबन्धक तथा तालिम संयाेजक सुरेश छन्त्यालले सबलपोस्टलाई जानकारी दिनुभएको छ। तालिम नवीन भावुक,थम्मन थापा,काैरव खत्री,राम वि.क र सुरेश छन्त्यालले दिने बताईएको छ। तालिममा सहभागीहरुलाइ प्रमाणपत्र समेत दिने संयाेजक छन्त्यालले जानकारी दिनुभयो । हिजाे पहिलाे दिनमा परिचय कार्यक्रम,तालिमकाे उदेश्य लगाएतका विषयमा प्रकाश पारिएको थियाे ।