धरान-धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल नियुक्त भएका छन् । उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई घुस÷रिसवत सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वतः पदवाट निलम्वनमा परेकाले अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उनलाई निमित्त उपकुलपति पदमा नियुक्त गरेको हो ।
निमित्त उपकुलपति भई दैनिक कामकाज गर्ने जिम्मेवारी पाए लगत्तै डा. खनालले प्रतिष्ठानका विभिन्न विभागीय प्रमुख, प्राध्यापक एवम् शाखा÷महाशाखा प्रमुखहरुको बैठक गरी सबैलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्न आग्रह गरेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए ।









