खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

प्रकाशित मिति:

रौतहट – रौतहटमा पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण देवाही गोनाही नगरपालिका ५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पस्दा उनहिरुको ज्यान गउको प्रहरीले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । – न्युजअफनेपाल