काठमाडौँ –मनसुन सक्रिय भएदेखि देशभरको मौसममा उतारचढाव देखिएको छ । असार २६, २७ र २८ गते अविरल मनसुनी अबिरल वर्षा भएको थियो । सो पक्रिया अझ सक्रिय हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।मौसमविद्का अनुसार काठमाडौँलगायतका क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको हो ।
हालदेशको पूर्वी तथा पश्चिमी भुभागमा आंसिकदेखि सामान्य वदली र मध्य क्षेत्रमा आंसिक बदलीको अवस्था छ। पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।









