आत्मघाती आक्रमणमा ८ जना मारिए

प्रकाशित मिति:

पाकिस्तान– पाकिस्तानमा गराइएको आत्मघाती बम आक्रमणमा ८ जनाको ज्यान गएको छ । उत्तर पश्चिम पाकिस्तानको डेरा इस्माइल खाँ क्षेत्रमा बुर्का लगाएकी महिला आत्मघातीले बम आक्रमण गराएको अधिकारीले जनाएका छन् । आक्रमणमा अरु २६ जना घाइते भएको जनाइएको छ ।

आत्मघाती बम आक्रमण हुनु केही समय अघि नजिकैको प्रहरी चौकीमा गराइएको छुट्टै आक्रमणमा अरु २ प्रहरी मारिएको तथा अन्य केही घाइते भएको जनाइएको छ । आक्रमणको जिम्म पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ । पाकिस्तानी तालिबानका प्रवक्त मुहम्मद खुरासानीले आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका हुन् ।