एजेन्सी –युक्रेनमा भएको मध्यावधी संसदीय चुनावमा राष्ट्रपति भोलोदिमिर जेनेन्स्कीको पार्टीले संसदमा बहुमत ल्याउने लगभग पक्का भएको छ ।यो निर्वाचन परिणामले सत्तामाथि उनको नियन्त्रणलाई मजबुत बनाउने छ । एक्जिट पोलहरुले सर्भेन्ट अफ द पिपुल्स पार्टीले संसदमा बहुमत ल्याउने देखाए पनि सरकार गठन गर्न भने गठबन्धन निर्माण गर्नुपर्ने छ ।
अप्रिलमा भएको राष्ट्रपति निर्वाचन जित्दै जेनन्स्की राष्ट्रपति बनेका थिए । तर आफूले चाहेको जस्तो व्यक्तिलाई मन्त्री बनाउन सकेका थिएनन् । जेनेन्स्कीले वृहत सुधार तथा भ्रष्टाचारका नियन्त्रणको प्रतिवद्धता गरेका छन् । मतदानपछि मध्यावधि संसद चुनावको परिणाम राष्ट्रपति चुनावभन्दा महत्वपूर्ण हुनसक्ने बिबिसीले जनाएको छ ।यस चुनावमा राजनीतिक दलले ५ प्रतिशतका थ्रोसहोल्ड कटाउँदै संसदमा आफ्नो प्रतिनिधित्व पठाउने एक्जिटपोलमा देखिएको छ । राष्ट्रपतिको दलले ४४ प्रतिशत मत पाउने देखिएको छ ।