गल्कोटमा पहिरोले गोठ पुर्दा १७ वर्षिया युवतीको मृत्यु !

प्रकाशित मिति:

बाग्लुङ – बाग्लुङको गल्कोट नगरपालिका ८ काँडेबास ज्यामिरेमा आज विहान ६ बजेर ३० मिनेटको समयमा पहिरो जाँदा गोठमा पुरिएर १७ वर्षिया युवतीको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार आज विहान पहिरोले पिताम्वर गौतमको गोठ पुर्दा भैँसी र गााईबस्तुलाई घाँसपात हाल्न गएकी निजकी १७ बर्षिया छोरी सीताको मृत्यु भएको हो । सो पहिरोले गोठ भत्किदा गोठमा रहेको भैँसी बाख्राहरु मरेका छन् ।