नारी समाज पोर्तुगलले हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम गर्ने

प्रकाशित मिति:

पुनम गौतम पोर्तुगल लामो समयदेखि स्वदेश तथा बिदेशमा विभिन्न सामाजिक काॠ गर्दै आइरहेको नेपाली नारी समाज पोर्तुगलले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम गर्ने भएको छ । पोर्तुगलमा रहेका नेपाली दिदिबहिनीलाई लक्ष्यित गर्दै कार्यक्रम गर्न लागिएको हो ।

गतवर्ष जस्तै यसवर्ष पनि समाजले सहभागीताको लागि सम्पुर्णमा अनुरोध गरेको समाजकी अध्यक्ष जयकला राइले जानकारी दिनुभयो । समाजले ज्ञ सेप्टेम्बर अर्थात भदौ १५ गते आइतबार पोर्तुगलको राजधानी लिस्बन स्थित मार्टेमुनिज पार्कमा कार्यक्रम गर्ने भएकाले सो दिन अन्य संघ सस्थाहरुलाइ कार्यक्रम नजुधाइदिन समाजकी सस्थापक अध्यक्ष सीता बरालले अनुरोध गर्नु भएको छ ।