बारा – १ हजार दरका ४ थान नक्कली नेपाली नोटसहित बाराबाट एक व्यक्ति पक्राउ परेका छन् । बाराको आदर्शकोतवाल गाउँपालिका–५ रुपौलियाबाट १ हजार दरका ४ थाना नक्कली नोटसहित ३७ वर्षीय पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–८ घर भएका ३७ वर्षीय पर्शुराम न्यौपाने छन् ।
न्यौपानेले रुपौलियास्थित मोहन सहानीद्वारा सञ्चालित मदिरा पसलमा बियर खरिद गर्न १ हजार रुपैयाँको नोट दिएका थिए । पसल सञ्चालकले उक्त नोट नक्कली भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि न्यौपाने पक्राउ परेका हुन् । पसल सञ्चालक सहनीले खबर गरेपछि खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट १००० दरका थप ३ थान नोट फेला परेका हुन् ।









