बुटवल – गुल्मीमा पहिरोमा पुरिएर १३ जनाको ज्यान गएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् । मन्त्री ज्ञवालीसँगै विपद व्यवस्थापन महाशाखा प्रमुख ईन्दु घिमिरे र डाक्टर सहितको मंगलवार वेलकी ६ वजे नेपाली सेनाको हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुगेका हुन् ।
मन्त्री ज्ञवालीले पहिरो प्रभावित क्षेत्रमा पुगेर घटनाको निरिक्षण गरि स्थानीयहरुसँग घटनाको वारेमा जानकारी लिएका थिए । उनले पहिरोमा ज्यान गुमाएका आफन्तहरुलाई समवेदना प्रकट गर्दै मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यसैगरि गुल्मी क्षेत्र नम्बर १ का प्रदेश सभा सदश्य एवं ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री शुदर्सन बराल पनि राहत सामग्री सहित मंगलवार वेलुका नै पहिरो प्रभावित क्षेत्रमा पुगि सकेका छन् । घटनास्थलबाट कुराकानी गर्दे मन्त्री बरालले स्थीती भयावह भएकाले सबैले सहयोग गर्नुपर्ने बताए । विपदको यस घडिमा सवै जना सर्तक भएर बस्न र उद्धार कार्यमा जुट्न सबैमा आग्रह समेत गरेका छन् । पहिरो बाट ६०० घर परिवार बिस्थापित भएका छन ।









